अगुएरोको ह्याट्रिक, सिटीको फराकिलो जित

यानचेस्टर /   म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि फराकिलो जित हासिल गरेको छ । सर्जियो अगुएरोको ह्याट्रिकसँगै सिटीले घरेलु मैदानमा टाउनलाई ६–१ ले हराएको छ । सिटीका लागि गाब्रिएल जेसस र डेभिड सिल्भाले पनि गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो ।


सुरुवातबाट खेल नियन्त्रणमा राखेको सिटीका लागि अगुएरोले २५ औं मिनेटमा पहिलो गोल गरे । जेससले ३० औं मिनेटमा गोल गरे भने अगुएरोले ३५ औं मिनेटमा अर्को गोल गरे । टाउनका लागि ४३ औं मिनेटमा जोन गोरेन्क स्टान्कोभिकले गोल गरे ।

४८ औं मिनेटमा सिल्भाको गोलबाट सिटीले ४–१ को अग्रता बनायो । अगुएरोले ७५ औं मिनेटमा गोल गदै ह्याट्रिक पुरा गरे । ८४ औं मिनेटमा टाउनका टेरेन्से कोन्गोललेले आत्मघाती गोल गरेपनि सिटीको जित थप फराकिलो बनेको थियो । साविक विजेता समेत रहेको सिटीले सिजनको पहिलो खेलमा आर्सनललाई २–० ले हराएको थियो । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्