एडेन हाजार्डले चेल्सी नछाड्ने

लन्डन / रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स लागेसँगै  एडेन हजार्डलाई म्याड्रिडमा ल्याउने लक्ष्य राखेको छन् । चेल्सीका प्रशिक्षक मौरिजियो सार्रिले भने रियल म्याड्रिडले चेल्सीबाट गोलरक्षक र विंगरलाई लिन चाहेकोमा हजार्डलाई टोलीबाट बाहिरिन नदिने भनाई राखेका छन् ।


इटालियन प्रशिक्षकले आफुलाई हाजार्डले टोली  ट्रान्सफर विन्डो बन्द भैसकेकाले हजार्ड चेल्सीमा नै रहने बताएका हुन् । सार्रीले भने, ‘मलाई यो समस्याका विषयमा चिन्ता लागेको थियो । तर मैले जब पहिलो पटक हाजार्डसँग कुराकानी गरें त्यस समय नै मलाइ लागेको थियो कि उनले टोली छाड्ने छैनन् । ‘

उनले भने  म किन विश्वस्त छु , चेल्सी युरोपकै एक उत्कृष्ट क्लब हो र एक उत्कृष्ट क्लबले एक महत्वपूर्ण खेलाडीलाई त्यति सजिलै छाड्न सक्दैन। त्यसैले म विश्वस्त छु कि हजार्ड यो सिजनमा हामीसँगै रहने छन् । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्