पाथिभरा याङ्वरक गाउँपालिकाको कार्यालय भवन कहाँ राख्ने भन्ने विवादले उग्र रुप लिदैं

अरुणपोष्ट सम्वाददाता

काठमाडौं, ४भदौ / ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाको कार्यालय भवन कहाँ राख्ने भन्ने विषयको विवाद झनै चुलिदैं गएको छ ।

गत विहिवार गाउँपालिकाले गाउँपालिकाको भवन डाडाँगाउँ भन्ने स्थानमा राख्ने निर्णय गरेपछि त्यस निर्णयको विरुद्धमा गाउँपालिकाबासी आम जनताहरु ससक्त रुपमा विरोधमा उत्रिएका थिए । त्यहाँका स्थानीयले गाउँपालिकाको भवन पुर्णे डाडाँ बजारमा राख्नु पर्ने माग राख्दै पटक पटक आन्दोलित हुदैं आएका छन । पुर्णे डाँडाँ बजार र डाडाँगाउँ १ किलोमिटर दुरीको फरकमा रहेको छ ।

यसै विच संर्घष समितिले आज पनि विरोधका कार्यक्रम तय गरेको छ । सो कार्यक्रम अन्र्तगत एक दिन पुर्णेडाँडा वजार वन्द तथा गाउँपालिकाको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संर्घष समितिका संयोजक विष्णु लिम्बुले जानकारी दिएका छन। निरन्तर रुपमा आफुँहरुले विरोध गर्दै विभिन्न मागहरु अघि सार्दा समेत गाउँपालिकाले आर्फूहरुको मागलाई वेवास्ता गरेको भन्दै स्थानिय पुर्नेडाँडा वजारवासी आक्रोसित बनेका छन् । आर्फूहरुको माग पुरा नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने संर्घष समितिका संयोजक लिम्बुले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्