एकै ठाँउ दुईजना वृद्ध मृत अवस्थामा फेला

सुर्खेत, ४ भदौ / यही भदौ २ र ३ गते सुर्खेतका दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन नभएका नाति भन्ने नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिएका छन।

मृतक बाँठा मगर गुर्भाकोटको हिले स्वास्थ्य चौकीमा १ गते उपचार गरी फर्केको र २ गते अपराह्न ४ बजेतिर सो नगरपालिकाको आँखा रिग्ने भन्ने जङ्गलमा मृत भेटिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नाम बतन नभएका मृतकको प्रहरी मुचुल्कापश्चात् शव परीक्षणका लागि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । दुवै जनाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस्