कालीमाटी तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्रै थुने

काठमाडौ‌ ,भदौ ४, /  काठमाडौंको कालीमाटीस्थित तरकारी बजारको अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्र थुनेका छन्। बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई सोमबार विहान बजार अनुगमन गर्न जाँदा ब्यापारीले कोठाभित्रै थुनेका हुन्।

फाइल तस्विर

कालीमाटी तरकारी बजारका व्यापारीले अनुगमनमा गएको टोलीलाई भित्र राखेर अहिले पनि गेटमा धर्ना दिइरहेका छन्। उक्त अनुगमनमा गएका सरकारी टोलीलाई छुटाउन अहिले कालीमाटीमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ। आपुर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले अनुगमनमा अबरोध गर्ने ब्यापारीलाई कारवाही गरिने बताएका छन।
सरकारी टोलीले काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजात माग्दा नपाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको छ ।  सरकारी टोलीले तरकारीको गाडी नियन्त्रणमा लिएपछि व्यापारीले विरोध जनाएका थिए।
बाराबाट आएको गाडीसहित चालक प्रहरी नियन्त्रणमा छन् भने ललितपुरबाट आएको गाडीका चालक फरार भएको प्रहरीले जनाएको छ।
कालीमाटीका व्यापारीले सरकारी अनुगमन टोलीलाई पटक पटक अबरोध गर्दै आएका थिए । तरकारीमा विचौलिया हाबी हुँदा देशैभरीका तरकारी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस्