नेकपा विद्यार्थी संगठनमा नेतृत्वको सहमति जुटन सकेन, कस्को सम्भावना कति ?

काठमाण्डु, ४ भदौ /  तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन ।

नेता रवीन्द्र अधिकारी नेतृत्वको कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एक तिहाई संख्यामा सचिवालय र सचिवालयको एक तिहाई स्थायी समिति रहने गरी प्रस्ताव गरेको छ । यस्तै एक संयोजक, एक महासचिव र सात जना सह–संयोजक रहने व्यवस्थासहितको प्रतिवेदन कार्यदलले तयार पारिएको छ । अधिकारी संस्कृति, पर्यटन तथा नागरिकमन्त्रीसमेत रहेका छन् । नेतृत्वको लागि अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिलका महासचिव ऐन महर दुवैले एकीकृत संगठनको नेतृत्व दाबी गरेपछि कार्यदलस्तरमा सहमति जुट्न सकेको छैन ।

यस्तै एक संयोजक, एक महासचिव र सात जना सह–संयोजक रहने व्यवस्थासहितको प्रतिवेदन तयार पारिएको छ । तर, नेतृत्वका बारेमा भने टुंगो लगाउन नसकेपछि अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिलका महासचिव ऐन महरको नाम सफारिस गर्ने तयारी गरेको जनाइएको छ ।
यद्यपि कार्यदलमा रहेका चारमध्ये अधिकारीबाहेक नेकपाका युवा नेता रमेश मल्ल, अखिल अध्यक्ष नवीना लामा तामाङलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् भने तामाङ स्वयं कार्यदल सदस्य पनि रहेका छन् ।

स्रोतका अनुसार पूर्वएमाले र पूर्वमाओवादी दुवैतर्फका नेताहरुले पूर्वसमूहका आधारमा तामाङ र महरको नाम प्रस्ताव गर्न कार्यदलमा रहेका आफ्ना सदस्यलाई निर्देशन दिएपछि नेतृत्व टुंगो लाग्न नसकेको हो । कार्यदलमा सहमति जुट्न नसकेपछि दुई अध्यक्षलाई सहमतिका लागि आग्रहसहितको प्रतिवेदन बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्