काठमाडौंको तीनकुनेबाट एक पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं भदौ ४,/  काठमाडौंको तीनकुनेबाट हतियारसहित सोमबार अपरान्ह सात जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेस्थित ए–वान क्याफेबाट एउटा पेस्तोलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले उनीहरुको साथबाट एउटा पेस्तोल, सोको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको छ ।

पक्राउ परेकाहरु हतियार कारोबारी भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्