“चिनिया“ टोलीद्वारा अलैँचीको स्थलगत अवलोकन

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ४ भदौ / नेपालको अलैँचीको अध्ययन गर्न आएको चिनियाँ टोलीले शनिबार ताप्लेजुङमा अलैँचीको स्थलगत अवलोकन गरेको छ । चीनको सिँचुवान प्रान्तबाट आएको अध्ययन टोलीले सदरमुकाम फुङ्लिङस्थित शेर्पाटोलमा रहेको अलैँची बगानको स्थलगत अवलोकन गरेको हो ।

                     अलैँची बगानको स्थलगत अवलोकन गर्दै चिनियाँ टोली लगायत । तस्बिर : प्रयास ।

नेपालस्थित इसीमोड नामक संस्थाको समन्वयमा सिँचुवान प्रान्तको चम्बर अफ कमर्सको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष बलबहारदुर गुरुङ र शेर्पाटोलका भीमबहादुर गुरुङको अलैँची बगान तथा उद्योगको अवलोकन गरेको छ । टोलीले पाक्न लागेको अलैँची बगानसँगै स्थानीय भीमबहादुर गुरुङद्वारा सञ्चालित उद्योगबाट उत्पादित अलैँचीका विभिन्न परिकारहरुको अवलोकन गरेको छ ।

अलैँचीको अवलोकन पछि चीन र नेपालमा उत्पादन हुने अलैँचीमा धेरै फरक पाएको चाइनिज औषधि एसोसिएसनका अध्यक्ष लि युले बताउनुभयो । युले चीनमा पाइने अलैँचीको दाना केही डल्लो र सेता रङ्गको रहेको छ भने नेपालको अलैँची दाना लाम्चो र रातो रङ्गको पाएको बताउनुभयो । उहाँले नेपालको अलैँची चीन पु¥याएर ल्याव परीक्षण गरेर मात्र कुन–कुन औषधिय गुण रहेको छ भन्न पत्ता लगाउन सकिने पनि बताउनुभयो ।

त्यसपछि अलैँची लगायत नेपालमा पाइने जडिबुटी चीनमा लगेर औषधि निर्माण गर्ने र उक्त औषधि नेपालमा समेत पठाउन सक्नेगरी वातावरण मिलाउन सकिने युले बताउनुभयो । नेपाल उपलब्ध जडिबुटी र अलैँची प्रशस्त रहे पनि औषधिय गुण परीक्षण पश्चात मात्र अन्य सम्भावनाका विषयबारे बताउन सकिने उहाँको भनाइ थियो । यस्तै टोलीले फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा) सहित स्थानीय अलैँची ब्यवसायी र किसानसँग अन्तक्र्रिया पनि गरेको छ । अन्तक्र्रियामा चिनियाँ टोलीले यहाँको अलैँचीको अवलोलकन पश्चात चीन र नेपालमा पाइने अलैँचीमा धेरै फरक पाएको जनाएको छ । बाँकी ल्याबमा परीक्षण गरेर मात्रै नेपाल र चीनको अलैँचीको गुणका विषयमा भन्न सकिने पनि टोलीले अन्तक्र्रियामा आफ्नो भनाइ राखेको छ ।

चिनियाँ अध्ययन टोलीमा चाइनिज औषधि एसोसिएसनका अध्यक्ष युसहित फर्मासीटी कम्पनीका प्रवन्धक ल्हो, अस्पताल व्यवस्थापन समितिका व्यवस्थापक सी यु, आयुर्वेदिक औषधि निर्माण कम्पनीका प्रमुख लगायत रहनुभएको छ । अलैँचीको मुख्य व्यापारिक केन्द्र मानिँदै आएको झापाको बिर्तामोडमा पनि अलैँची व्यवसायीसँग छलफल गर्ने र त्यसपछि काठमाडौंमा कृषि मन्त्रालयका प्रतिनिधिसँग भेट गरेर टोली फर्कने कार्यक्रम रहेको आपूmले बुझेको वातावरण संरक्षण तथा विकास मञ्च (ईसीडीएफ) ताप्लेजुङका अध्यक्ष कुमार शिवाले बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्