चिनियाँ राष्ट्रपति र मलेसियाली प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ / चीनका राष्ट्रपति सि चीन फिङ र मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहनु भएका महाथिरले चीनको राजधानी बेइजिङमा सोमबार सीलाई भेट्नुभएको समाचारमा जनाइएको छ । भेटका क्रममा उहाँहरूले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्नेबारेमा छलफल गर्नुभएको थियो ।चीनको औपचारिक भ्रमणमा रहनुभएका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले यसअघि बेइजिङस्थित  ग्रेटहल अफ द पिपुलमा चिनियाँ समकक्षी ली खछ्याङसँग संयुक्त पत्रकार सम्मेलन गर्नुभएको थियो । महाथिरले विशेष कृषि उत्पादन मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएको सो अवसरमा जानकारी दिनुभयो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्