प्रेममबाट हारेपछि र चुल्ठेवाली मायालाई सार्वजनिक हुँदै

काठमाडौ‌ भदौ ५,/ एस एस ओजी को प्रस्तुतीमा दिनेश माङमु लिम्बुको निर्देशन रहेको दुई वटा गीत एकै दिन सार्वजनिक हुने भएकोछ ।


प्रेमबाट हारेपछि र चुल्ठेवाली मायालाई बोलको गीतको म्युजिक भिडियो भदौ आठ गते शुक्रवार बुढाशुब्बा डिजिटल प्रा. लि. बाट सार्वजनिक हुँदैछ । “प्रेम बाट हारेपछि” बोलको गीतमा गायीका निशा राईले आवाज दिएकी छन् । यो गीतमा संगीत इशान राईको रहेको छ भने शब्द रेमन राई र एरेन्ज महाराज थापाको रहेकोछ । यस गीतमा  मिलन केसि र सलिना घिसिङले अभिनय गरेका छन् ।

अर्को गीत “चुल्ठेवाली मायालाई” बोलको गीतमा गायक सुजन आङदेम्बे लिम्बुले आवाज दिएका छन । यो गीतमा संगीत उदय नेम्वाङ र सुजन आङदेम्ब आफैले गरेका छन् । गीतलार्इ कृष्ण साउदेन लिम्बुले कम्पोज गरेका हुन् भने मोडल ह्यारी योन्जन र मेनुका साउदेम्वा लिम्बुले रोमान्स गरेका छन् । यो दुवै भिडियो भुपेन्द्र तुम्वाहाङ्फे खिचेका हुन् ।


प्रतिक्रिया दिनुहोस्