हाजार्डलाई चेल्सीको पाँच बर्षे नयाँ प्रस्ताव

लन्डन / चेल्सीले बेल्जियम स्टार इडेन हाजार्डसँग पाँच वर्षे नयाँ सम्झौताको प्रस्ताव गरेको छ । सम्झौतामा प्रति साता ३ लाख पाउन्ड प्रस्ताव गरिएपनि दुई पक्षबीच अझै सम्झौता हुन सकेको छैन ।

छ बर्ष अघि चेल्सीमा आबद्ध भएका हाजार्डको क्लबसँग अझै दुई वर्षको सम्झौता बाँकी रहेको छ । उनी यो सिजन रियल म्याड्रिड जाने व्यापक चर्चा चले पनि त्यो सफल हुन सकेन । रियलका पूर्व स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्स गएपछि हाजार्डलाई उनको ठाँउमा लाने चर्चा थियो । हालै मात्र हाजार्ड आफु कतै नजाने बताएका थिए । ‘अहिलेको समयमा म यहि खुसी छु, क्लबसँगको सम्झौता अझै दुई वर्ष बाँकी छ,’ हाजार्डले भने,‘ हरौं आउने दिनमा के हुन्छ । म यो वर्ष क्लब छोड्नेमा छैन ।’

हाजार्डले चेल्सीलाई दुई पटक प्रिमियर लिग, एक पटक एफए कप, फुटबल लिग कप र युइएफए युरोपियन लिग उपाधि जिताएका छन् ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्