म्यानचेस्टर युनाइटेडले मोउरिन्होलाई हटाएर जिदान अनुबन्ध गर्न इन्कार

काठमाडौं /  म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो खेलमै तुलनात्मक रूपमा कमजोर टोली ब्राइटनसँग पराजित भएपछि  युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होलाई पदबाट हटाएर नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

अहिले कुनै क्लबमा नरहेका जिनेदिन जिदान भित्र्याउनुपर्ने स्वर उठ्न थालेको छ । तर, क्लब युनाइटेडले भने यस विषयको इन्कार गरेको छ । उसले ‘जिदानको बारेमा किन छलफल गर्ने भन्दै प्रशिक्षकको पद खाली नभएको बताएको छ । यसको अर्थ युनाइटेड तत्कालै मोउरिन्होलाई बर्खास्ती गर्ने पक्षमा छैन ।

पछिल्लो पराजयपछि मोउरिन्होले पनि नयाँ खेलाडी किन्न नसकेकाले यो सिजन कठिन हुने बताएका छन् । उनले यो सुरुआत मात्रै भएको बताउँदै अझै लडाइँ बाँकी नै रहेको बताएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्