रोनाल्डोबिना पनि हामी ठूला उपाधि जित्न सक्छौं – रामोस

मड्रिड /  रियलका कप्तान सर्जियो रामोसले रोनाल्डोबिना पनि आफूहरू ठूला उपाधि जित्न तयार रहेको बताएका हुन् ।

आफ्ना मुख्य हतियार क्रिस्टियानो रोनाल्डोबिनै नयाँ सिजनको थालनी गरेको छ । रोनाल्डोबिनाका दुई खेलमा उसले युइएफए सुपर कपको उपाधि गुमायो भने ला लिगाको सिजनको पहिलो खेल जित्यो । रामोसले भने,  रोनाल्डो हाम्रो टोलीका मुख्य सदस्य थिए, यसमा दुईमत छैन । तर, अब उनी विगत भइसके,’ स्पेनिस मिडियासँग कुरा गर्दै रामोसले भनेका छन्, ‘हामी उनलाई मिस गर्ने छौं । ’

रामोसले आफूहरू अहिले पनि उत्तिकै बलियो टिम रहेको बताए । रोनाल्डो नहुँदा हामी केही गर्न सक्दैनौं भन्ने होइन । हामी अहिले पनि बलियो छौं,’ रामोसले जोड दिँदै भने, ‘हामी यो सिजन पनि ला लिगा र च्याम्पियन्स लिगजस्ता ठूला उपाधि जित्न सक्छौं ।’

हामीसँग केही नयाँ र युवा खेलाडी छन् । उनीहरूले हामीलाई उपाधि जित्न सघाउने छन्,’ रामोसले भने, ‘हामी अझै पनि जित र उपाधिको भोको छौं ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्