साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं / बंगलादेशमा  शुरु हुने १२औं संस्करणको साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले बुधबारबाट प्रशिक्षण शुरु गरेको छ । १८औं एसियन गेम्समा सहभागिता जनाएर सोमबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय टिमले मंगलबार एक दिन विश्राम गर्दै बुधबारबाट प्रशिक्षण शुरु गरेको हो ।

 

मुख्य प्रशिक्षक ग्योतोकु कोजीको अनुपस्थितिमा प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन् । पहिलो दिनको प्रशिक्षणमा चोटका कारण रविन श्रेष्ठ र इन्डोनेसियामा रहेका रोहित चन्द अनुपस्थित रहे । चोटकै कारण सुमन लामा, आदित्य चौधरी र कमल श्रेष्ठ प्रशिक्षण स्थलमा रहेपनि प्रशिक्षणमा सामेल भएनन् । कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले साफको लागि आजबाट तयारी शुरु गरिएको बताए ।

महर्जनले भने,  हामीसँग अब १० दिनको समय छ । साफ च्याम्पियनसिपमा हामी टोटल फुटबल र अट्याकिङ फुटबल खेल्नेछौं ’ एसियन गेम्समा डिफेन्समा बढी फोकस भएका थियो । अब हामीले जापान र भियतनामसँग खेल्नुपर्ने छैन । त्यसैले यसपटक हामी हाम्रो राम्रो देखिएको गोलकिपिङ र डिफेन्सलाई थप सुधार गर्दै अट्याकिङलाई प्रशिक्षणमा बढी केन्द्रि हुनेछौं ।’

यस्तै प्रशिक्षक महर्जनले  सिनियर खेलाडीहरु टिममा समावेश हुने भएका कारण साफको लागि एसियन गेम्सको भन्दा राम्रो टिम बन्ने बताए । ‘यू–२३ का सबै खेलाडी सिनियर राष्ट्रिय टिममा रहेका छन् । तर, एसियन गेम्स मा केही सिनियर खेलाडी छुटेका थिए । साफका लागि ४ देखि ५ सिनियर खेलाडीले टिममा स्थान बनाउनेछ ।


प्रतिक्रिया दिनुहोस्