किन मेस्सी अर्जेन्टिनाको टोलीमा परेनन् ?

ब्युनर्स आयर्स /  अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टोलीमा लिओनल मेस्सीको नाम परेको छैन । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित अर्जेन्टिनी टोलीमा कप्तानसमेत रहेका मेस्सी परेका छैनन् ।

अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कालोनीले सुपर स्टार लियोन मेसी कहिले टोलीमा फर्कन्छन् भन्ने कुनै टुंगो नभएको बताएका छन् । भविष्यमा के हुन्छ भन्ने विषयमा मेसीसँग छलफल नभएको स्कालोनीले जनाए ।

रसिया विश्व कपमा टोलीको नेतृत्व गरेको ३१ वर्षे मेस्सीले अहिले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन् ।यो वर्ष उनले राष्ट्रिय टोलीबाट नखेल्ने प्रष्ट पारिसकेका छन् । केहि दिनमा हुने मैत्रीपूर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरिएको छैन । अर्जेन्टिनाले ग्वाटेमालाबीच सेप्टेम्बर ७ मा लस एन्जल्स र त्यसको चार दिन पछि कोलम्बियासँग न्यू जर्सीमा मैत्रीपूर्ण खेल हुनेछ ।

‘मैले मेस्सीसँग कुरा गरे । अहिलेको मैत्रीपूर्ण खेलका लागि उनी टोलमिा छैनन । इमान्दारीपूर्वक भन्दा भविष्यमा के हुन्छ भन्ने विषयमा हाम्रो बीचमा छलफल भएन,’ स्कालोनीले भने,‘ हामी सबैलाई थाहा छ उनी हुनुको अर्थ । हेरौं भविष्यमा के हुन्छ । उनीसँग मेरो राम्रो सम्बन्ध छ । कुराकानी राम्रो भयो र हामी सबै कुरामा प्रष्ट छौं । अहिलेलाई उनी टोलीमा छैनन्, भविष्यमा के हुन्छ हेरौं ।’

मेस्सी मात्र होइन अहिले यसअघि टोलीका महत्वपूर्ण सदस्य पनि यसपटक टोलीमा छैनन् । विश्व कपमा टोलीमा रहेको म्यानचेस्टर सिटीका सर्जियो अगुएरो, निकोलस ओटामेन्डी, पेरिस सेन्ट जर्मेनका एन्जल डी मारिया र एसी मिलानका गोन्जालो हिगुइन छैनन् ।

टोलीमा समेटिएका इन्टर मिलानका कप्तान माउरो इकार्डी र पाउलो डेबालालाई भविष्यको भविष्यको स्टारका रुपमा हेरिएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्