प्रतिपक्षी नेतालाई जेल चलानको आदेश

कम्बोडिया / कम्बोडियाका राजा नोरोदम सिहामोनीले बिहीबार प्रतिपक्षी दलका प्रमुख नेतालाई जेल चलान गर्ने आदेश जारी गर्नुभएको छ ।

सानो प्रतिपक्षी दल खमेर पावर पार्टीका नेता सौर्न सेरेइ राधालाई जेल चलानको आदेश भएको हो । दरबारको आदेशमा ४५ बर्षीय राधालाई पाँच बर्ष जेल सजाय तोकिएको उल्लेख गरिएको एएफपीले जनाएको छ । “नरेशको आदेश कार्यान्वयन गराउने जिम्मेवारी प्रधानमन्त्री सम्देच टेचो हुन सेनको हुनेछ,” आदेशमा राजाले लेख्नु भएको छ ।
शान्ति सुरक्षामा बाधा पुर्याएको भन्दै गत बर्ष जेल चलान गरिएका १२ जना विपक्षी बन्दीहरूलाई क्षमादान दिने विषयमा पनि प्रधानमन्त्री हुन सेनले राजासँग कुरा गर्ने बताउनुभएको छ ।

दक्षिणी केन्डाल प्रान्तमा बिहीबार आयोजित कपडा उद्योगका हजारौ कामदारहरूको भेलामा उहाँले कुनै बैदेशिक दवावमा नपरी आफ्नै क्षमाभावले उनीहरूलाई क्षमादान गर्न लागिएको दावी गर्नुभयो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्