दैनिक ४० खिल्लीसम्म चुरोट पिउँने यि बालकलाई आमा-बुबाले रोक्न आँट गर्दैनन् (भिडियो सहित)

एजेन्सी / धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर रापी पामुङ्गकासको उमेरमा भने सायदै कसैलाई बानी परेको होला । इन्डोनेशियाका दुई वर्षे बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका ठुटा तानेर चुरोट पिउने बानी लाग्यो । अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन ।

उनले चुरोट पिउन थालेलगत्तै रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । उनलाई मानिसहरुले चुरोट दिन्छन्, उनको लागि सल्काइदिन्छन् र खाएको देखेर हाँस्छन् । रापीलाई विगत दुई महिनादेखि चुरोट नखाइ नहुने भएको छ । उनी आजकाल चुरोटसँगै कफी र केक पनि खान्छन् । उनकी आमा मार्यातीले छोरालाई दिनमा दुई बट्टा चुरोट दिने गरेको स्विकार्छिन् । उनका अनुसार चुरोट नदिए छोराको व्यवहार सम्हाल्नै नसक्ने हुन्छ ।

‘छोराले विगत दुई महिनादेखि लगातार चुरोट पिइरहेको छ । यदि मैले उनलाई चुरोट दिइनँ भने ऊ सुत्न सक्दैन । ऊ रुने र चिच्याउने गर्छ,’ मार्यातीले पत्रकारलाई भनिन् ।अत्यधिक नकारात्मक प्रतिक्रिया पाइरहेका रापीका आमाबुवाले आफ्नो छोराको यस्तो बानी हटाउन अस्पताल पुर्याउने सोच बनाएका छन् ।

-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्