प्रकाण्ड फेरि पक्राउ परेपछि विप्लव आक्रोशित, निकाले यस्तो विज्ञप्ति [प्रेस बिज्ञप्ती सहित]

काठमाडौं /  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता  प्रकाण्डलाई सर्वोच्च अदालतको आदेशपछि प्रहरीले पुन: पक्राउ गरेको भन्दै पार्टी महासचिव आक्रोशित बनेका छन् ।

उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । विप्लवले भनेका छन्, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’

 

प्रेस बिज्ञप्ती

विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिनदिनै अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिहरेको समेत आरोप लगाएका छन् । भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई पक्राउ गरी वेपत्ता बनाएको नेकपाको दाबी छ । यस्तै पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस्