बुन्डेसलिगाको नयाँ सिजन आजबाट, उद्घाटन खेलमा बार्यन र होफेनहेइम खेल्ने

म्युनिख / जर्मन लिग बुन्डेसलिगाको नयाँ सिजन आजबाट सुरु हुँदैछ । नयाँ सिजनको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बार्यन म्युनिख र होफेनहेइम खेल्दैछन् ।

यो खेल नेपाली समयअनुसार आज राति शनिबार बिहान १२ः१५ बजेबाट सुरु हुनेछ । बार्यन गत वषको लिग विजेता टोली हो । सबैभन्दा धेरै घरेलु लिग जित्ने टोली बार्यनले २७ पटक यो उपाधि जितेको छ । गत वर्ष बार्यनले ८४ अंकसहित शीर्ष स्थानमा रहँदै सिजन पूरा गरेको थियो । दोस्रो नम्बरमा रहेको साल्केले ६३ जोड्दा होफेनहेइम ५५ अंकसहित तेस्रो स्थानमा रहेको थियो । एजेन्सीं


प्रतिक्रिया दिनुहोस्