प्रधानमन्त्री–प्रचण्ड छलफल

काठमाण्डौ / प्रधानमन्त्री केपीओली माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकतामा केन्द्रित रहेर सोमबार छलफल भएको छ । उनिहरुबीच शनिबार र आइतबार पनि पार्टी एकता र प्रधानमन्त्रीको सम्भाबित भारत भ्रमणका बिषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले आफ्रनो भारत भ्रमण अगावै एकता टुंग्याउँदा सकारात्मक सन्देश जाने भन्दै त्यस अनुसार कार्यदललाई प्रतिवेदनको तयारी गर्न निर्देशन दिइसकेका छन् ।


ओलीको प्रस्तावपछि राजनीतिक प्रतिवेदन तयारी र संगठन तगा विधानसम्बन्धी कार्यदलले तयारी तिव्र पारिरहेका बेला दुई अध्यक्षबीच छलफल भएको हो । केही दिनयता दुई नेताबीच लगातार एकताकेन्द्रित छलफल हुदै आएको छ । राजनीतिक कार्यदलका संयोजक माधव कुमार नेपाल तथा संगठनसम्बन्धी कार्यदलका संयोजक राम बहादुर थापा पनि निरन्तर ओली र प्रचण्डसँग छलफलमा छन् । आबस्यकता अनुसार नेताहरुबीच निरन्तर छलफल चलिरहेको छ, पार्टी एकता छिटो टुंग्याउने भनेपछि एक–दुईपटको भेट नयाँ होइन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने ।


प्रतिक्रिया दिनुहोस्