निर्मला पन्त हत्या प्रकरणले उग्र रुप लियो : प्रहरीको गोली लाग्दा एकको मृत्यु

कञ्चनपुर, भदौ ८, / कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार गोली चलाउँदा एकजना प्रदर्शनकारीको ज्यान गएको छ ।

बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीको गोली लागेर मृत्यु भएका युवकको पहिचान भने खुलिसकेको छैन । प्रहरीको गोलीले अर्का प्रदर्शनकारीको खुट्टामा गम्भीर चोट लागेको छ ।

श्रावण १० गते १३ वर्षिय निर्मला पन्तको हत्या भएपछि कञ्चनपुर अशान्त रहँदै आएको छ । बालिका पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई जोगाएर मानसिक सन्तुलन गुमाएका एक युवालाई फसाउन खोजेको भन्दै स्थानीयबासीले पाँच दिनदेखि प्रदर्शन गर्दै आएका छन ।


प्रतिक्रिया दिनुहोस्