तेश्रो पाथीभरा गोल्डकप सुरु, पहिलो खेलमा ताप्लेजुङलाइ हराउदैं इलाम विजयी

काठमाडौं,भदौ ८ गते । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो ।

खेलको पहिलो हाफमा रेडहर्सका जर्सी नं १० का सञ्जय धिमालले गरेको गोल निर्णायक बन्यो । निरोज बस्नेत आजको खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । यसैबीच शनिबारको खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र कर्णसिंह स्पोर्टिङ क्लब ताप्लेजुङबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयको खेलमैदानमा भइरहेको छ । आगामी १६ गते सम्पन्न हुने प्रतियोगितामा काठमाडाँै र भारतका समेत १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले दुई तोला सुन र पाँच किलो चाँदी जडित रनिङ कपसहित तीन लाख एक हजार १११ र उपविजेताले रु एक लाख ५१ हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

                                                               कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङ

प्रतियोगिताको आज एक विशेष समारोहबीच फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा विभिन्न निजी विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए भने लिम्बू र नेवार समुदायले धाननाच साथै लाखेनाचसमेत प्रदर्शन गरेका थिए । खेलकूदको माध्यमबाट पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरी जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

                                                                            रेडहर्स क्लब इलाम

लाखेजात्राका अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आए पनि २०७४ सालदेखि नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो । पछिल्लो समयमा दर्शकको चाप बढ्दै गएपछि बाँसको प्याराफिट बनाएर हेर्ने सुविधा प्रदान गर्न थालिएको छ । यो वर्ष झण्डै दश हजार दर्शक अटाउने गरी प्याराफिट बनाइएको छ


प्रतिक्रिया दिनुहोस्