टुडिखेललाई फुटबल प्रशिक्षण मैदान बनाउने तयारी

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले टुडिखेललमा चार वटा फुटबल मैदान बनाउने प्रक्रिया अघि बढाएको छ । काठमाडौं महानगरपालिकाको स्वीकृति र नेपाली सेनाको सहयोगमा एन्फाले राजधानीका फुटबल क्लब र सबै वर्गलाई लक्षित गर्दै शुक्रबारदेखि चार मैदान बनाउने प्रक्रिया अघि बढाएको हो ।

जसमा दुई मैदान ११ साइड र दुई मैदान सेभेन ‘ए’ साइडको हुनेछ । शुक्रबारबाटै टुडिखेल मैदानको घास काट्ने काम शुरु भएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधार नजिकिदै गरेको ‘ए’ डिभिजन लिगलाई लक्षित गर्दै र फुटबल संस्कारको विकासको लागि टुडिखेलमा मैदान बनाउन लागिएको बताए ।

‘हामी फुटबल संस्कार विकास भएको हेर्न चहान्छौं । ‘ए’ डिभिजन लिग पनि नजिकिएको छ । मैदान नभएका क्लबले यही भेन्युलाई प्रशिक्षणको रुपमा प्रयोग गर्नेछ । घास काट्ने काम अब एक हप्प्तामा सकिनेछ । त्यसपछि एन्फाले गोलपोस्ट र मार्किङ गर्नेछ ’ महासचिव तुलाधरले भने, ‘क्लबहरुको ट्रेनिङको समयमा हामी यो मैदान बाहिर प्रयाग गर्न दिदैनौं । अरुबेला यो मैदान जसले पनि प्रयोग गर्न पाउनेछ । विशेष गरी यौ मैदानमा आफ्नै मैदान नभएको सिएमजी क्लब संकटा, मच्छिन्द्र क्लब, न्यरोड टिम एनआरटी र अन्नपूर्ण क्लब आरसिटीले प्रशिक्षणको लागि प्रयोग गर्नेछ ।’

महासचिव तुलाधरका अनुसार टुडिखेलमा बन्ने मैदान कुनै ठूला प्रतियोगिताहरुको लागि नभई प्रशिक्षणको लागि मात्रै प्रयोग हुनेछ ।


प्रतिक्रिया दिनुहोस्