पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधन अलपत्र

नुवाकोट भदौ ९, / नुवाकोटको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले पासाङल्हामु राजमार्ग अबरुद्ध भएको छ।

फाइल तस्विर

शुक्रबार राति गएको पहिरोले सडक अवरुद्ध सयौँ सवारी साधन अलपत्र परेका छन्। सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएको हो। माथिबाट ठूला ठूला ढंगासँगै डाँडै खसेकाले पहिरो पन्छाउन समय लाग्ने उनको बताइएको छ। पहिरोले ५० मिटरजति सडक पुरिएको छ।

शनिबार बिहानबाट पहिरो पन्छाउने काम शुरु हुने ककनी ४ का वडाध्यक्ष दीपेश लामाले बताएका छन। उक्त राजमार्गको स्तरोन्नति गर्ने क्रममा सडकको भित्ता काटिएकाले बर्खा लागेसँगै ठाउँ ठाउँमा साना–ठूला पहिरो गएर पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्