प्राणी शास्त्रका प्राध्यापकहरु आन्दोलित

काठमाडौँ / कनिष्ठलाई प्रमुखको जिम्मेवारी दिइएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागका प्राध्यापकहरुले कक्षा बहिष्कार गरेका छन् ।

यही भदौ ८ गतेदेखि विभागका वरिष्ठ प्राध्यापकले कक्षा बहिष्कार गरेका हुन् । उपकुलपतिको कार्यालयले यही भदौ ६ गते प्रा डा तेजबहादुर थापालाई विभागको प्रमुखमा नियुक्ति दिएपछि वरिष्ठ प्राध्यापकहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रमुख थापाभन्दा वरिष्ठ प्राध्यापकहरु सूूर्यरत्न गुभाजु, प्रा डा रञ्जना गुप्ता, प्रा डा रमेशकुमार श्रेष्ठ, प्रा डा कुमार सापकोटा तथा प्रा डा नन्दबहादुर सिंह रहेका छन् । प्रा. डा. नन्दबहादुर सिंहले विभागको ५३ वर्षको इतिहासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई प्रमुख बनाइएको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्