ला लिगा अमेरिकामा गर्न असम्भव

म्याड्रिड /  अमेरिकामा हुने भनिएकोे ला लिगा खेल  सफल नहुने रियल मड्रिडका म्यानेजर जुलेन लोपेटेगुइले बताएका छन् ।

स्पेनीस फुटबलको शिर्ष स्तरको मिडिया कम्पनी रिलेभेन्टले ला लिगासँग पहिलो पटक देश बाहिर एक खेल खेल्न १५ बर्षको सम्झौता गरेका थियो । स्पेनिस एफए वा स्पेनिस फुटबल संघले युएसएमा हुने भनिएको ला लिगाा आयोजनाको आलोचना गरेको छ । ‘म यो देख्न सक्दैन । यो मेरो सुझब हो । किनकी यस निर्णयले खेलाडीलाई अपमानित गरेको छ ।’ ५१ बर्षीय लोपेटेगुइले भने, ‘म यो विषयमा खेलाडीसँग छु ।’

एएफइका अध्यक्ष डेभिड अगान्जोसँग छलफल गर्न ला लिगाका २० टिमका खोलाडीले बुधबार म्याड्रिडमा भेटबार्ता गरेको थियो । जहाँ खेलाडीले आवस्यक परे हड्ताल गर्ने चेतावनी दिएका थिए । उक्त बैठकमा स्पेनी राष्ट्रिय टोलीका कप्तान सर्जियो रामोससँगै अधिकांश रियल र बार्सिलोनाका खेलाडी पनि सम्मिलित थिए । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्