गरीबी निवारणमा सहयोग पुर्याउदै सामुदायिक वन

विराटनगर, १० भदौ / मोरङ उत्तरी क्षेत्रको मिक्लाजुङ गाउँपालिका–५ की तिलमाया थापाले सामुदायिक वनबाट एक वर्षे निब्र्याजी ऋण लिएर बाख्रा पालन शुरु गर्नुभयो । त्यसबाट उहाँले राम्रो आयआर्जन गर्न थाल्नुभएको छ । गरीबी निवारण कार्यक्रमअन्र्तगत उक्त गाउँपालिका –५ स्थित श्री नमूना हरियाली सामुुदायिक वनले निब्र्याजी ऋण प्रदान गरेपछि सो क्षेत्रमा वनसँग जोडिएका उपभोक्ताको जीवनस्तरमा सुुधार आउन थालेको छ । सोही वडाकी एकल महिला गोमा सिटौलाले सामुुदायिक वनबाट रु ५० हजार लिएर थालेको व्यवसायबाट मुनाफा लिन थाल्नुभएको छ ।

 

यस्तै सामुुदायिक वनका अध्यक्ष थलबहादुुर कार्कीले ऋण लिएर छ माउ बाख्रा पाल्न शुुरु गर्नुुयो । अहिले उहाँसँग ४० भन्दा बढी खसी, बोका र बाख्रा छन् । कार्कीले त्यसबाट वार्षिक रु १ लाख बढी आम्दानी गरिरहनुभएको छ । उक्त गाउँका सबै परिवार सामुुदायिक वनले दिएको ऋणबाट पशुुपालन, व्यापार व्यवसाय गरी राम्रो आयआर्जन गरिरहेका छन् । सामुुदायिक वनमा ५३ परिवार जोडिएका छन् ।सामुदायिक वनको आम्दानीको ३५ प्रतिशत रकम गरीबी न्यूनीकरणमा छुुट्याउनुुपर्ने प्रावधान छ । गत वर्ष गरीबी न्यूनीकरण गर्न रु १३ लाख बजेट छुुट्याएको सामुुदायिक वन गरीबी निवारण कार्यक्रमका संयोजक रुद्रबहादुुर थापाले बताउनुभयो ।

वनबाट काठ, दाउरा सुलभ रूपमा उपलब्ध भएको छ । अर्कोतिर निब्र्याजी ऋण प्रवाहको सुविधाले व्यवसाय गरी आयआर्जनमार्फत जीवनस्तर उकास्न उपभोक्तालाई सहज भएको छ । सामुुदायिक वनले स्थानीय जनतामा मात्र होइन, यस क्षेत्रको विकास निर्माणमा समेत योगदान गरेको छ । वडा नं ५ का पुुल पुुलेसा, कल्र्भट, सडक तथा कुुलो निमार्ण गर्नुुका साथै सामुुदायिक वनभित्र पोखरीसमेत निर्माण गरिएको छ ।गत आर्थिक वर्ष ०७४÷७५ मा चार दशमलव पाँच किलोमिटर सडक ग्राबेल गर्नुका साथै एक किलोमिटर कुुलो निर्माण गरेर सिँचाइको सुविधा पुु¥याएको सामुुदायिक वनका अध्यक्ष कार्कीले बताउनुुभयो ।

जिल्ला वन कार्यालय मोरङका प्रमुुख डा विनोद देवकोटाले सामुुदायिक वनअन्तर्गतको सो कार्यक्रमले यस क्षेत्रको गरीबी निवारणमा प्रभावकारी भूमिका खेलेको बताउनुभयो । उहाँले व्यवसाय गर्न लिएको ऋणको सही सदुपयोग गर्दा यस क्षेत्रका जनताले आयआर्जन गर्न सकेको विचार व्यक्त गर्नुभयो ।उहाँले सामुदायिक वनले वितरण गरेको बाख्रा, बङ्गुुर तथा भैसी पालेर आयआर्जन गर्दा अन्य क्षेत्रका लागि प्रेरणा मिलेको छ भन्नुभयो । वन क्षेत्रमा गाईवस्तुुलाई प्रयोग हुुने डाले घाँस उत्पादनमा जोड दिनुपर्ने देवकोटाको सुझाव छ । सो सामुुदायिक वनले वार्षिक रूपमा आफ्नो उपभोक्तालाई माउ बाख्रा, बंगुुर तथा भैसी वितरण गर्दै आएको छ । सामुुदायिक वनभित्रका ढलापडा रुख र काठ दाउरा बिक्री नै वनको आम्दानीको स्रोत हो । मोरङमा १३० बढी सामुुदायिक वन छन् । रासस


प्रतिक्रिया दिनुहोस्