रेड स्टार क्लब बिजयी

ताप्लेजुङ, १० भदौ / ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा रेड स्टार क्लब बिर्तामोड झापा बिजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेल अर्थात पहिलो दिनको बिजेता रेडहर्स क्लब इलामलाई २–१ गोलले हराउँदै रेड स्टार क्लब बिर्तामोड बिजयी भएको हो । यो जितसँगै रेड स्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।

                                                                       गोल अगाडि बढाउने प्रयासमा रेडहर्सका खेलाली (हरियो जर्सी) ।

सेमिफाइनल प्रवेशका लागि आइतबार भएको खेलको ५६ औं मिनेटमा मार्टिन र ७० औं मिनेटमा ग्लोरीले गोल गर्नुभएको थियो । उहाँहरु दुवैजना खेलाडी रेड स्टार क्लबबाट प्रतियोगितामा सहभागी विदेशी नागरिक हुनुहुन्छ । यता रेडहर्स क्लब इलामको तर्फबाट खेलको ९२ औं मिनेटमा सञ्जय धिमालले सन्तवाना गोल गर्नुभएको थियो । रेड स्टारसँगको हारसँगै रेडहर्स प्रतियोगिताबाट बाहिरिएको छ ।

-प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्