साँस्कृतिक कार्यक्रमबाट संकलित पचास हजार सहयोग मृगौला पिडित टेकनाथ राईलाई हस्तान्तरण

भत्तपुर, १० भदौ / भोजपुर जिल्ला निवासी ३० बर्षीय टेकनाथ राई केही समयदेखि दुवै मृगौलाले काम गर्न छोडे पछि थला पर्दै आएका छन् । सामान्य परिवारमा जन्मेका राईको आर्थिक अवस्था निकै कमजोर रहेको परिवार स्रोत बताउछन् ।उहाँको सहयोगार्थ स्वरुप गत साउन महिनाको ५ गते गणेश क्रिएशन प्रा.ली.को प्रस्तुतिमा भीम राईको रियाज एल्वम् विमोचनसँगै साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमबाट संकलीत ५०,००० रकम मृगौला पिडीत राईको आफ्नै कोठा भक्तपुर स्थित गएर कुशल गायक भीम राई र कलाकार तथा समाज सेवी सुमन मगरले हस्तान्तरण गरेका छन् ।

आफूहरुले सोचेजस्तो कार्यक्रम नभएको र अपेक्षा अनुसार सहयोग उठाउन नसकेकोले रकम वितरण गर्न ढिलाई भएको गायक भीम राईले बताउनु भयो । ढिलै भएपनि जति उठेको रकम पीडीतलाई दिन पाउदा निकै खुशी महसुश भएको समेत उहाँले बताउनु भयो । राई विगत ६ महिनादेखि पूर्ण रुपमा थला परिसेका छन् । धरानको बि.पि. कोइरा हस्पिटलमा चेकअप गराउदा सम्भव नभए पछि राजधानी काठमान्डौ स्थित मानब अङ्ग प्रत्यारोपन हस्पिटलमा रिफर गराएका थिए ।

प्रत्यारोपन हस्पिटलले चेकअप पछि करिब ५० लाख रुपैया लाग्ने बताए पछि पीडित परिवार अक्क न मक्क भएका छन् । धरानको बि.पि. कोइरा हस्पिटलमा बस्दा करिब ४ लाख रुपैया सकीसकेको र काठमान्डौ आएर बस्दा र हस्पिटलहरु धउदा करिब १२ लाख जस्तो खर्च भई सकेको श्रमति प्रेम कुमारी राईले कलाखरलाई बताईन् । सहयोगी दाता तथा आफन्त जनहरुबाट उठेको करिब तीन लाख जति रकम मात्र आफूहरुसँग भएको र जून रकमले सम्भव नभए पछि अप्रेसन गर्न ढिलाई भएको समेत राईले बताईन् । आफ्नो यो हालत देखेर तनमन र बचनले सहयोग गर्दै आउनु भएका भीम राई र सुमन मगरलाई पीडित टेक नाथ राई तथा श्रीमति प्रेम कुमारी राईले धन्यबाद समेत ब्यक्त गरेका थिए ।

लामो समय देखि कलाकारिता जगतसँगै समाजसेवामा होमिनु भएका सुन मगरले अघिल्लो कार्यक्रमबाट सन्तोषजनक रकम उठाउन नसके पनि आगामी कार्यक्रमबाट सक्दो राम्रो गर्ने बताउनु भयो । तनमन र सहयोगी भावनाले सबै लाग्यो ५० लाख रुपैया जुटाउन कुनै गाह्रो नभएको समेत उहाँले बताउनु भयो । अबको कार्यक्रम आफ्नै हल दाजुभाई क्याँफेमा आकर्षक ढङगबाट करिब यहि भदौ महिनाको अन्तिम तिर गर्ने पनि उहाँले बताउनु भयो । कोही सहयोगी दाताहरु हुनुहुन्छ भने निम्न ठेगाना र नम्बरमा सम्पर्क गरि कृषि विकास बैङ्कमा रहेको पिडीतकै खाता नं. ०२१२२०१२४६५१६०११ मा आफ्नो ईच्छा अनुसारको रकम जम्मा गर्न सक्नु हुन्छ ।

जसका लागी सम्पर्क नं. रहेको छ:
प्रेम कुमारी राई – ९८१९३९५२०५/९८०४३५३५८४
सुमन मगर – ९८४१०३६८९२
भीम राई – ९८४३६५९८५८

-कलाखवरबाट साभार


प्रतिक्रिया दिनुहोस्