प्रिमियर लिगमा सिटीलाई उछिन्दै वाटफर्ड दोस्रो स्थानमा

काठमाडौं / भदौ १०, इंग्लिश प्रिमियर लिगअन्तर्गतको तेस्रो साताको आजको पहिलो खेलमा क्रिस्टल प्यालेसविरुद्ध जित निकाल्दै वाटफर्डले दोस्रो स्थान ओगटेको छ । आफ्नो घरेलु मैदानमा जित दिलाउन वाटफर्डका रोबर्टो पेरेर्रा र जोसे होलेबासले समान एक–एक गोल गरे ।

५३ औं मिनेटमा रोबर्टोले गोल गर्दै १–० को अग्रता दिलाउदा ७१ औं मिनेटमा जोसेले गोल गर्दै दोब्बर अग्रता बनाए । यसैगरी ७८ औं मिनेटमा विलफ्राइड जाहाले गोल गर्दै क्रिस्टल प्यालेसलाई २–१ बनाए । त्यसपछि खेलमा गोल भएन र वाटफर्ड २–१ ले विजयी भयो ।

योसँगै वाटफर्डले प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थान बनाएको छ । यसअघि ७ अंकसहित दोस्रो स्थानमा रहेको सिटीलाई उछिन्दै उसले ९ अंक बनाएर दोस्रो स्थान ओगटेको हो । प्रिमियर लिगको शीर्षस्थानमा लिभरपुल रहेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्