मुग्लिङमा स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापना हुने

चितवन, १० भदौ । मुग्लिङमा स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापना गरिने भएको छ । त्रिविवि, चिकित्साशास्त्र अध्यन संस्थान अन्तर्गत रहेका अस्पतालका सेवा तथा सुबिधाहरु राजधानी बाहिर पँहुचबिहिन स्थानहरुमा समेत विकास र बिस्तार गर्ने त्रिभुवन विश्वविद्यालयको योजना अनुसार मुग्लिङ बजारमा त्रिविवि, चिकित्साशास्त्र अध्यन संस्थान अन्तर्गत स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टरको स्थापनाका लागि आबश्यक तयारीको कार्य शुरु गरिएको हो ।

मुग्लिनमा बजारमा सेटलाईट हस्पिटल थथा ट्रेनिङ सेन्टर स्थापनाका लागि सम्भाव्यता अध्ययन विषयक छलफल कार्यक्रम समेत आयोजना गरिएको स्टेपका अध्यक्ष राम बहादुर लामाले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यसैबीच शनिबार यसै अभियानकै संकेत स्वरुप मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर,महाराजगंज काठमाण्डौको मेडिकल टिमको सहभागिता, स्टेपको आयोजना र ईच्छाकामना गाउँपालिकाको समन्वयमा मुग्लिङ बजार स्थित त्रिबेणी बराह माविको भवनमाा एक दिने निशुल्क मुटु स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । सो सेन्टरका निर्देशक प्रा। डा। उत्तम कृष्ण श्रेष्ठको नेतृत्वमा बरिष्ठ मुटु रोग बिशेषज्ञ डा अनिल भट्टराई सम्मिलित २५ सदस्यीय चिकित्सकको टिमले ५३२ जना बिरामीको ईसिजी ईको सहित स्वास्थ्य परिक्षणका साथ निशुल्क औषधि समेत बितरण गरेका थिए।


प्रतिक्रिया दिनुहोस्