बार्सिलोना र भालाडोलिडको बीच भएको खेलमैदान ला लिगा कमिटिले जाँच गर्ने

बार्सिलोना / बार्सिलोना र रियल भालाडोलिडबीच शनिबार भएको रियल भालाडोलिड घरेलु मैदानमा बार्सासँग १-० ले पराजित भएको  थियो । खेल मैदान मंगलबार अनावरण भएसँगै शनिबार खेल गराइएको थियो ।  रियल भालाडोलिडको खेल मैदान ला लिगाले चेकजाँच गर्ने भएको छ ।


‘यस्तो क्षेत्र थियो जो समुद्री तट जस्तै  थियो ।बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले यो आफ्नो अपमान भएको बताएका छन् । जेरार्डले भने, ‘मलाई आशा छ कि अब यस्तो मैदानमा खेल्नु पर्दैन । किनकी त्यो पत्यार लाग्न नसक्ने अवस्थाको थियो ।’ ’ बार्सिलोनाका मिडफिल्डर सर्जिओ बुस्केटले भने, ‘यो अविश्वसनीय छ की ला लिगाका प्रतिनिधि केहि पनि महसुस गर्दैनन् । तर उनीहरुले आएर घाँसको जाँच गर्नु पर्ने छ । त्यो घाँस माथी खेल्न सक्ने अवस्था थिएन ।’

ला लिगाले एक विज्ञप्ति जारी गर्दै मैदान जाँच गरिरहेका बताएको छ । ‘प्रतियोगितामा तोकिएअनुसार न्युनतम शर्त पुरा गरिनु पर्छ ,’ ला लिगा जाँच कमिटिले जनाएको छ ।

पछिल्लो वर्ष प्ले–अफबाट छनोट हुदै २०१३–१४ को सिजन पछि पहिलो पटक ला लिगामा रियल भालाडोलिड खेल्दै छ । रियल भालाडोलिडका म्यानेजर सर्जिओ गोन्जालेजले भने, ‘क्लबले पिच तयार गर्न सबैथोक गर्न सक्थ्यो ।  हामी लिगमा पुनरागमन गर्ने मध्यमा एक थियौ र पिच तयार गर्न समस्या थियो ।’एजेन्सी


प्रतिक्रिया दिनुहोस्