इटालीमा भएको स्काइ रन सिरिजमा मीरा राई तेस्रो स्थानमा

काठमाडौं भदौ ११,/ नेपाली अल्ट्रा रनर मीरा राईले इटालीमा भएको स्काइ रनर वल्ड सिरिजमा तेस्रो स्थान हात पारेकी छन् ।


निर्धारित ५२ किलोमिटर दुरी मीराले ७ घण्टा ४१ मिनट ४६ सेकेनडमा पुरा गदै सोमबार बिहान भएको स्काइ रनर वल्ड सिरिज अन्र्तगतको टोरफियो किमा रेसको तेस्रो स्थान हात पारेकी हुन् ।


बेलायतकी हिलारी जेराडीले ७ घण्टा ३७ मिनेट २९ सेकेन्डमा दुरी पूरा गर्दै पहिलोस् थान हात पार्दा रोवेन ओवेनले ७ घण्टा ३९ मिनेट १ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो हुन सफल भए । ब्रिटानी पिटर्सन र मार्टिना भालमासोई क्रमश चौथो र पाँचौ भएका छन् ।


प्रतिक्रिया दिनुहोस्