पाङबोहाङ लिबाङ संघद्धारा मृगौलापिडितलाई आर्थिक सहयोग

  सुनसरी धरान, ९ भदौ, / पाङबोहाङ लिबाङ बंशावली संघले मृगौला पिडित सविता लिम्बुलाई आर्थिक सहयोग गरेको छ । संघको केन्द्रिय कार्यालय धरानमा एक कार्यक्रमको आयोजना गरि पिडित लिम्बुलाई सहयोग गरेको हो । मृगौला पिडित सविता लिम्बुलाई ३ लाख ४१ हजार ८ सय २० रुपैयाँ बराबरको चेक संघका केन्द्रिय अध्यक्ष डिल्ली सागर लिबाङ, सल्लाहकार तथा यस सबिता लिम्बु बचाउ अभियानका संयोजक हस्त लिबाङले चेक हस्तान्तरण गरेका थिए ।

२६ बर्षिय सबिता लिम्बुको दुबै मृगौला फेल भई विगत ६ बर्षदेखी यता निरन्तर उपचार गर्दै आएकी छिन । विगत लामो समयदेखी लगातार उपचार गर्दै आएकी सविताको आर्थिक स्थिति कमजोर भएकोले देश तथा विदेशबाट सहयोग रकम संकलन गरिएको संयोजक हस्त लिबाङले जानकारी दिएका छन । संघका अध्यक्ष डिल्ली लिबाङले देश तथा विदेशबाट सहयोग गर्नुहुने सहयोगदाताहरुप्रति आभार प्रकट गर्दै धन्याबाद समेत दिएका थिए ।

यसैगरी कार्यक्रममा पाङबोहाङ लिबाङ बंशावली संघका केन्द्रिय सल्लाहकार तथा यस सबिता लिम्बु बचाउ अभियानका संयोजक हस्त लिबाङलाई समेत सम्मान गरेको छ । लिबाङ समुदायबाट जन्मिएर बिभिन्न संघ सस्थामा सक्रिय रहि आफ्नो समुदाय र समाजको लागि अतुलनिय योगदान  पुर्याएको भन्दै उनलाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको हो । उनले आफ्नो जिवन नै समाजसेवामा समर्पित गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।


प्रतिक्रिया दिनुहोस्