निर्मला हत्याकाण्ड : प्रहरी कहाँ–कहाँ चुक्यो ?

काठमाडौ‌ भदौ १२/ १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन् । तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन। घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो।

निर्मला पन्तको हत्यारा दावी गरिएका बिष्ट (कालो मास्क लगाइएका)

बाल जानकी आधारभूत विद्यालय, हल्दुखालका शिक्षक चूडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए । ती व्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए । ‘तर, एक थप्पड लगायो भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो,’ भट्टले भने । तर, अर्को दिन जब निर्मलाको शव फेला प¥यो, प्रहरी खोज्दै आएर मगरलाई बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेर लगे।

दीपक नेगीलाई पनि प्रहरीले हचुवाकै भरमा पक्राउ गरेको भट्ट बताउँछन् । निर्मलालाई खोज्ने क्रममा ५ प्रहरी र करिब ५० स्थानीय खटिएका थिए । प्रहरीले नै स्थानीयलाई समूहमा बाँडे। सबैभन्दा पहिला दीपकले शव देखे र प्रहरीलाई खबर गरे । पछि प्रहरीले ‘तैले कसरी थाहा पाइस्रु’ भन्दै उनलाई पनि पक्राउ ग¥यो । ‘मैले पहिला शव देखेको भए मलाई नै पक्राउ गर्ने रहेछन्,’ साढे दुई दशकदेखि शिक्षण पेसामा रहेका भट्टले भने।

तर, जीवन र दीपक नै मुख्य आरोपी भएको भन्ने प्रहरीको सूचनाका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा उनीहरूको नाम नै उल्लेख गरेर संसद्लाई जानकारी दिए । तर, पछि दीपक गम्भीर प्रकृतिको यौन रोगले ग्रस्त भएको पत्ता लाग्यो।

त्यस्तै, जीवनले बयानका क्रममा भने, ‘हो, मैले निर्मलालाई खुकुरीले काटेर मारेँ।’ जबकि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको घाँटी निमोठी हत्या गरिएको थियो । जीवन मानसिक रोगी भन्ने पनि खुल्यो । दुवैलाई साउन २० मा छाडियो।

दिलीप पनि अर्का ‘छद्म अभियुक्त’

स्थानीय र पीडित परिवार पछिल्लो समय पक्राउ परेका दिलीपसिंह विष्टलाई पनि अभियुक्त मान्न तयार छैनन् । २४ वर्ष विष्टको घरनजिकै बाघफाटाको लक्ष्मी माविमा पढाएका शिक्षक भट्ट भन्छन्, ‘जेलबाट छुटेपछि मैले दिलीपलाई यो बाटोमा हिँडेको देखेकै छैन।’

दिलीपलाई पक्राउ गर्नुअघिल्लो दिन भदौ ३ मा सादा पोसाकका प्रहरी उनको घरमा पुगी सुकाइराखेको सर्टको गोजी च्यातेर ल्याएका थिए । जुन अर्को दिन घटनास्थलमा ओभानै भेटियो।

घटनास्थलमा ओभानै अवस्थामा कण्डमको खोल पनि भेटियो । दिनहुँ वर्षा भइरहँदा पनि दिलीपको सर्टको च्यातिएको गोजी र कण्डमको खोल २६ दिनपछि ओभानै कसरी भेटियो रु त्यसकारण पनि आन्दोलन मत्थर पार्न प्रहरीले एकपछि अर्को छद्म अभियुक्त खडा गरेको स्थानीयको आशंका छ।

प्रदर्शनपछिको दबाबका कारण नयाँ प्रशासन नेतृत्वले बबिता र रोशनी बमलाई हिरासतमा लिइएको छ । उनीहरूका पिता तथा हाल जनविकास मावि दार्चुलाका शिक्षक दीपेन्द्रबहादुर बम र निलम्बित एसपी डिल्लीराज बम पुराना साथी हुन्।

बबिताकी आमा इन्द्रादेवी दुँहु गाउँपालिका–३ दार्चुलाकी सचिव हुन् । जागिरका कारण दीपेन्द्रबहादुर श्रीमतिसहित दार्चुला नै रहे पनि एसपी डिल्लीराज वेलाबखत बबितालाई भेट्न आइरहन्थे । र, बबिता पनि उनलाई भेट्न पुगिरहन्थिन् । पारिवारिक सम्बन्ध राम्रै थियो।

प्रहरी कहाँ–कहाँ चुक्यो ?

– निर्मला हराएकै दिन आमा दुर्गादेवीले चारवटा वडा प्रहरी कार्यालय गुहार्दा पनि जिल्ला हाकिमको आदेश भन्दै प्रहरी किन निर्मला हराएको बबिताको घरमा गएनरु
– भोलिपल्ट पनि किन दुर्गादेवीलाई बबिताको घर पस्न दिइएन र छानबिन गर्न गएका भनिएका सादा पोसाकका प्रहरी ग्यालरी घुमेर फर्के रु कोठाभित्र किन पसेनन् रु
– बबिताको घरबाट हराएकी थिइन् निर्मला, तर किन त्यो घर कहिल्यै प्रहरी अनुसन्धानको घेरामा परेन रु
– शव भेटिएको स्थानमा अम्बा पनि भेटिएको थियो । तर, बम परिवारले आफ्नो घर परिसरमा भएको अम्बाको बोट किन काटे रु र, त्यही दिनबाट सईको नेतृत्वमा १२ जना प्रहरीको प्रहरा बम परिवारलाई किन दिइयो रु
– निर्मला हराएको दिनभर र राति पनि पानी परिरहेको थियो । तर, भोलिपल्ट निर्मला भिजेको अवस्थामा र उनका किताब सडकछेउ किन सुक्खा अवस्थामा भेटिए रु
– तत्कालीन एसपी डिल्लीराज बबिता बमबारे किन कुरै सुन्न चाहँदैनथे रु किन उनले निर्मलाका परिवारलाई घरी सामूहिक बलात्कार हो र घरी एकल हो भनेर ढाँटिरहे रु आजको नयाँ पत्रिका दैनिकमा कञ्चनपुरबाट सरोजराज अधिकारी र मोहन विष्टले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्