बिमस्टेकका लागि चिटिक्क राजधानी, हेर्नुहोस यि १० तस्विरहरु (फोटो फिचर)

अरुण पोस्ट संवाददाता

काठमाडौं, १२ भाद्र / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार बनाइएको छ ।

उक्त द्वारमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्वीर राखिएको छ । दोस्रो द्वारमा बौद्धनाथ स्तूपको कलात्मक गजुर सहितको बिम्स्टेक राष्ट्रका झण्डाले सजाइएको छ । ती द्वारमा लेखिएको छ– बुद्धको जन्मभूमि नेपालमा स्वागत छ अर्थात् ‘वेलकम टु दी कन्ट्री अफ गौतमबुद्ध’ । यस्तै अर्को द्वारमा लेखिएको छ– ‘सगरमाथाको भूमिमा स्वागत छ’ ।

 

 

तस्विर: लोकेश लिवाङ (लोकेश लिवाङ अरुण पोस्ट डट कमका फोटो पत्रकार हुनुहुन्छ ।)


प्रतिक्रिया दिनुहोस्