लिम्बु चलचित्र “साम” ले भदौ २९ गतेलाई प्रदर्शन मिति तोक्यो

लिम्बु चलचित्र “साम” आत्मा आगामी भदौ २९ गते सुक्रबार बीहान ८: ३० बजे पुस्पान्जली हल जडीबूटी
कोटेस्वर काठमान्डौमा प्रदर्शन हुने भएकोछ ।

माता पाथिभरा फिल्मस् प्रा. लि., लिबांग फिल्मस् प्रोडक्सन प्रा. लि. र द हाईल्यान्ड आर्टको संयुत्त आयोजनामा यो चलचित्र नेपालका बिभिन्न हलहरुमा क्रमश प्रदर्शन हुनेभएको छ । लिम्बू कला र संस्कृतिको उत्थान साथै संबर्धनमा सानो भएपनि टेवा गर्ने उदेश्यले यस चलचित्रलाई सम्पुर्ण लिम्बू बस्तिहरुमा प्रदर्शन गर्न लागिएको छ । ताप्लेजुङ फुंगलिंग, पाचथर फिदिम, छाब्दि बराही हल ईलाम बजार , बिर्तामोड, दमक, पथरी, लेटाङ, बेलबारी, केराबारी, ईटहरी, बिराटनगर, धरान, धनकुटा र तेर्हथुममा लगातार प्रदर्शन हुनेछ । तिहार पछि सिक्किम, दार्जिलिंग, आसाम लगायतका लिम्बू बस्ति हुदै हङ्कङ, मलेसिया, दुवै, युके, अमेरिकामा समेत लगातार प्रर्दशन हुनेभएको छ ।

चलचित्रको निर्देशन हालको ब्यस्त निर्देशक किशोर सुब्बाले गरेको हुन् । सागर केरुङको लेखन रहेको यस चलचित्रमा पुस्पा लिम्बू, रुकमान लिम्बू, हस्त लिवाङ, कल्पना योङहाङ, उदय सुब्बा, केदार श्रेष्ठ, बिमू थेगिम, चन्द्र लिम्बू, काउ प्रसाद मगर, देउमान केरुङ, धुर्ब पोख्रेल, रक्ष कुमार राई, रबि कुमार गुरुङ आदिको अभिनय रहेको छ । लिम्बु भाषाको संरक्षण र उत्थान अनि प्रचार प्रसार गर्ने उदेश्यले जिबन्त मौलिक लिम्बु संस्कृतिमा लिम्बु भाषाको चलचित्र साम निर्माण भएको निर्देशक किशोर सुब्बाले बताउनुभयो ।

कल्पना योङहाङको भेसभुषा रहेको उक्त चलचित्रमा कुमार बखतीको छॉयांकन् मन्दिल श्रेष्ठको सम्पादन, रिसछैन राई को कला, समिर मियाको भि एफ एक्स र एनिमेसन, उमेश पाण्डेको शृङ्गार अनि राजु घिमिरेले मुख्य सहाक निर्देशन गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्