रोनाल्डोको गोल (युइएफए ) गोल अफ् द सिजन

काठमाडौँ, / रियल मड्रिडका पूर्वस्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोल ‘युइएफए गोल अफ् द सिजन’ घोषित भएको छ । युभेन्टसविरुद्ध रोनाल्डोले गरेको चर्चित ‘ओभरहेड गोल’ सिजनकै सर्वोत्कृष्ट गोल घोषित भएको हो ।

उत्कृष्ट गोल भोटिङका आधारमा  छान्ने प्रावधान छ । जसमा उत्कृष्ट गोलका लागि कूल ३ लाख ४६ जार ९ सय १५ भोट झरेकोमा रोनाल्डोको गोलले १ लाख ९७ हजार ४ सय ९६ भोट पाएको हो ।

गएको सिजन  रोनाल्डोले क्वार्टफाइनलमा युभेन्टसको घरेलु मैदानमा भएको खेलमा उक्त गोल गरेका थिए । रोनाल्डोको उक्त गोलको सम्मानमा युभेन्टसका घरेलु समर्थकले उठेर ताली बजाएका थिए ।

रोनाल्डो हालसालै रियल छाडेर युभेन्टसमा अनुबन्ध भएका हुन् । ९ वर्ष रियलमा बिताएका उनलाई रियलले १ सय १२ मिलियन युरोमा बेचयो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्