नेयमार र एमबाप्पले एक अर्कासँगै खेल्न बनेका हुन् – उम्टिटी

बार्सिलोना / पेरिस सेन्ट जर्मेनका स्टार नेयमार र केलियन एमबाप्पले एक अर्कासँगै खेल्नका लागि बनेका हुन् ।   बार्सिलोनाका रक्षक सामुयल उम्टिटीले बताएका छन् ।

नेयमार र एमबाप्पसँग उम्टिटीले दुवैसँग खेलेको अनुभव छ । फ्रान्सले रसियामा विश्व कप जित्दा एमबाप्पे र उम्टिटी टोलीका महत्वपूर्ण सदस्य थिए । उनले नेयमारसँग पनि बार्सिलोनमा खेले ।

बार्सिलोनाका सेन्टर हाफले पिएसजीका बारेमा भने,‘ नेयमार जति बेला बार्सिलोनामा थिए उनी टोलीका एकदमै उत्कृष्ट सहकर्मी हुन् । हरेक समय खुसी रहने र अरुसँग जिस्कन मिल्न सक्छ ।  उनी खेललाई उल्टाउन सक्छन् , उनी उच्च स्तरमा खेल्न सक्छन् ।’

नेयमार र एमबाप्पे निकै खुसी खेलाडी हुन् । र उनीहरुसँगै खेल्न बनेका हुन् । उनीहरु सँगै नहुनुपर्ने कुनै कारण छैन । विश्वकपको सम्झना अझै ताजा रहेका युवा रक्षक विश्व कप जितेको रात अझै स्मरणमा रहेको बताउछन् ।

उनले भने ‘म हरेक दिन हामीले विश्व कप जितेको बारेमा सोच्ने गर्छु । त्यसमा रहेको वालपेपर हेर्छु , ‘यो सत्य हो म हरेक दिन त्यहि विश्व कप जितेको बारेमा सोच्छु । म परिवार र टोलीका साथीहरुलाई त्यहि क्षणका बारेमा बताइरहन्छु । एजेन्सी


प्रतिक्रिया दिनुहोस्