भुटानका विशिष्ट पाहुना छिरिङ वाङचुक काठमाडौंमा

काठमाडौँ भदौं १३ /  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान राजधानी आइपुगेका छन ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक० बैठकमा सहभागी हुन बुधबार आउनुभएका भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । साथमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल । तस्बिर : प्रदीपराज वन्त, रासस

 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाङचुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन । विशिष्ट पाहुना वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मानका साथ स्वागत गरेका हुन । उहाँलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि स्वागत गरेका छन।


प्रतिक्रिया दिनुहोस्