ओमानविरुद्ध सागर पुनको अर्धशतक पूरा, ज्ञानेन्द्रको लिस्ट ‘ए’मा १ हजार रन पूरा

काठमाडौँ / एसिया कप छनौटअन्तर्गत मलेसियामा आजदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा  नेपाल र ओमानबीच अहिले जारी खेलमा नेपालका ब्याट्सम्यान सागर पुनले अर्धशतक पूरा गरेका छन् ।

ओमानविरूद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका पुनले अर्धशतक पूरा गरेका हुन् । सागरले ६५ बलको सामना गर्दै १ छक्का र ४ चौकासहित अर्धशतक पूरा गरे ।


उपकप्तान ज्ञानेन्द्र मल्लले लिस्ट ‘ए’ मा १ हजार रनको कासेढुंगा पार गरेका छन् । ओमानविरूद्धको खेलमा ३२ रन पूरा गरेसँगै मल्लले लिस्ट ‘ए’ मा ४० खेलबाट १ हजार रन पूरा गरेका हुन् । अहिले नेपाल र ओमान प्रतियोगिताको पहिलो खेल खेलिरहेका छन् । नेपाल अहिले ब्याटिङमा छ ।


प्रतिक्रिया दिनुहोस्