आफ्नै बाबुबाट १२ वर्षीया छोरी बलात्कृत

बाग्लुङ  भदौं १३ / । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । उनका बुबा दलबहादुर विक नाम परिर्वनले आफ्नै १२ वर्षीया छोरीआशा विक नाम परिवर्तलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीका आधारमा ५३ वर्षीय दलबहादुरलाई पक्राउ गरिकारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

गत शनिबार आमा कपडा धुन खोलामा गएको वेला बाबुले छोरीलाई बलात्कार गरेको उजुरी परेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिएका छन । प्रहरीले दलबहादुरलाई नाबालिक तथा हाडनाता करणीमा कारबाही अघि बढाउने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्