बाढी र अग्निपीडितलाई राहत

राजविराज, १३ भदौ /  सप्तरीको हनुमानगर कङ्कालनी नगरपालिकाको बाढी पीडितलाई राहत वितरण गरिएको छ । हनुमाननगर कङ्कालनी नगरपालिकाले उपल्बध गराइएको चिउरा, दालमोठ र पानी बाढीपीडित परिवारलाई वितरण गरेको नगर प्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो । सप्तकोशी नदीमा पानीको बहाव बढ्ेपछि सोमबारराति सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका पाँच सय घरपरिवार भन्दाबढीमा करीब दुई फिटसम्म पानी पसेको थियो ।

यसरी बाढीमा परेकालाई उच्च बाँधमा सुरक्षित साथ बस्ने व्यवस्था मिलाइएको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा गएको दैवी प्रकोप उद्धार समितिले उक्त राहत वितरण गरिएको थियो ।यसैगरी धर्मी हल्फा महिला विकास क्लबले अग्निपीडितलाई राहत वितरण गरेको छ । सप्तरीको तिरहुत गाउँपालिका– ५ लोहजरा गाउँका दुई विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

कल्बका अध्यक्ष एवं समाजसेवी इञ्जिनीयर सूर्यनारायण यादवले अग्नीपीडित रघुनाथ मण्डल खत्वे र शिवनारायण मण्डल खत्वेका परिवारलाई राहतस्वरुप त्रिपाल, झुल, साडी, धोती, बेटसिट, थाल, गिलास, कराही, डेक्ची, पञ्यु र खाद्यान लगायतका सामाग्री मङ्गलबार वितरण गरेको धर्मी हल्फा महिला विकास क्लबले जनाइएको छ ।गत भदौ ३ गते आगलागी हँुदा खत्वे परिवारको रु चार लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्