विप्लप नेतृत्व (नेकपा)को मेची ब्यूरो ईन्चार्ज सुमन झापाबाट गिरफ्तार

काठमाण्डौं १४ भाद्र, / विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मेची ब्यूरो ईन्चार्ज तथा केन्द्रीय सदस्य सुमन पताङवा लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ ।

सादा पोशाकमा आएका प्रहरीले नेता सुमनलाई झापाबाट बुधबार साँझ गिरफ्तार गरेको हो । गिरफ्तारपछि नेता लिम्बूलाई वेपत्ता बनाइएको छ । अहिले सम्म कहाँ लगियो र कहाँ राखियो भन्ने कसनै जानकारी दिइएको छैन । इन्चार्ज लिम्बूलाई बिनाकारण गिरफ्तार गरेर अबस्था अज्ञात राखेको भन्दै उनको जीवन रक्षाको माग गरिएको छ । सरकारले राजनीतिक प्रतिशोधी भावनाले नेकपाका नेता कार्यकर्तामाथि दमन र धरपकड मच्चाएको भन्दै नेकपा मेची ब्यूरोले लिम्बूको बिनासर्त अबिलम्ब रिहा गर्न माग गरेको छ ।

पछिल्लो समय सरकारले नेकपाका नेता तथा कार्यकर्तामाथी दमन र धरपकड, गिरफतारलाई तिब्रता दिईरहेको छ । लिम्बूसँगै गिरफ्तार परी हिरासतमा राखिएका नेकपा केन्द्रीय सदस्यहरुको संख्या ६ पुगेको छ । सरकारले यसअघि केन्द्रीय सदस्यहरु देवनारायण साह, दिपेश राई, किरण राई, चन्द्रबहादुर खडका र टेकबहादुर केसीलाई फरक फरक मिति र स्थानबाट गिरफ्तार गरी अनुसन्धानको नाममा हिरासतमा राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्