पीएसजीका स्टार अनुबन्धन गर्ने मेस्सीको चाहना

बार्सिलोना  /  बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र फरवार्ड लुइस सुआरेजले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट एक मिडफिल्डर अनुबन्ध गर्न चाहेको खुलासा भएको छ ।

बार्साको आक्रमणका मुख्य खेलाडीद्वयले मिडफिल्डमा फिलिपे काउटिन्होसँग उत्कुष्ट काम गर्न सक्ने एक मिडफिल्डर क्लबमा भित्र्याउन चाहेको बुझिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सी र सुआरेजले पिएसजीका मिडफिल्डर एड्रिएन राबिओटलाई अनुबन्ध गर्न चाहेको बताइएको छ । एड्रिएन काउटिन्हो र बाँकी मिडफिल्डसँग समन्वय गर्न सक्ने भएकाले टोलीको लागि राम्रो हुने उनीहरुको बुझाई छ ।

बार्सिलोनाका लागि मिडफिल्डमा नयाँ खेलाडी देख्न अर्को विकल्प पनि रहेका छ । यतिखेर म्यानचेस्टर युनाइटेडका पल पोग्बाको नाम पनि बार्सिलोनासँग जोडिएको छ । बार्सिलोनाका स्टारद्वयका अनुसार काउटिन्हो आक्रमणमा अघि बढ्ने छन् । यहि कारण एक रक्षात्मक मिडफिल्डरको आवश्यकता पनि टोलीलाई छ । पोग्बा र एड्रिएन मध्य बार्सिलोनाले कुन खेलाडी अनुबन्ध गर्नेछ त्यो भने ट्रान्सफर विन्डो बन्द हुनु भन्दा पहिले नै थाहा हुनेछ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्