बार्सिलोनाले आफ्ना फरवार्ड लोनमा बेच्यो

काठमाण्डौं  /  बार्सिलोनाका फरवार्ड २४ वर्षीय पाको अल्कासेरले अन्तत बार्सिलोना छाडेका छन् । उनी लोनमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्ध भएका हुन् ।

स्पेनिस खेलाडी पाको सन् २०१६ मा स्पेनकै अर्को क्लब भ्यालेन्सियाबाट ३० मिलियन युरोमा बार्सिलोनामा अनुबन्ध भएका थिए । डर्टमुन्डले समाजिक सन्जाल ट्वीटरमा एक भिडियो पोस्ट गर्दै पाकोलाई अनुबन्ध गरेको घोषणा गरेको छ । क्लब छाडेपछि पाकोले नयाँ अनुभवका लागि आफू नयाँ क्लबमा गएको बताएका छन् ।

उनले भनेका छन्, ‘म डर्टमुन्ड र उनीहरूको अविश्वसनीय प्रशंसा बटुल्न यहाँ आएको हुँ । सम्झौताअनुसार बार्सिलोनाले १ वर्षपछि पाकोलाई पुनः फिर्ता बोलाउन पाउने छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्