ईटहरीलाई हराउदै न्युस्टार क्लब झापा फाईनलमा

ताप्लेजुङ, १४ भदौ  / ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी तेश्रो पाथीभरा पुरुष गोल्ड कप फुटबलको विहीवार सम्पन्न सेमिफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरको जित सँगै रेड स्टार क्लब झापा फाइनलमा प्रवेश गरेको छ । विहीवार सम्पन्न सेमिफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

                                                           तस्विर: प्रयास लिम्बु

ट्राइब्रेकरमा झापाका तर्फबाट पदम लामा,विवेक पौडेल,भुषण लिम्बु र कर्ण लिम्बुले गोल गरेका थिए । इटहरीका तर्फबाट भने कप्तान रमेश राजवंशी,उमेश कार्की र रोमन लिम्बु गोल गर्न सफल भए । इटहरीका दिपेन तामाङको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो भने तिर्थ बस्नेतले प्रहार गरेको बलले पनि जाली चुम्न सकेन् । निर्धारित समय १–१ गोलको बरावरीमा टुङ्गिएको थियो । तिर्थ बस्नेतले ५औं मिनेटमा गरेको गोलमा इटहरीले अग्रता लिएको थियो । तर दोश्रो हाफको ३९औं मिनेटमा निशान लिम्बुले बरावरी गोल फर्काए । ३ जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको रेड स्टार झापालाई इटहरीले कडा टक्कर दिएको थियो । इटहरीले जितका लागि भरमग्दुर प्रयास गरेको थियो । म्यान अफ दि म्याच झापाका गणेश हेम्जन घोषित भए ।

उनलाई पाथीभरा मोटरसाइकल वर्कसप तथा बजाज सोरुमा प्रोपाइटर संञ्जय पतङ्वाले नगद ५ हजार पुरस्कार प्रदान गरे । दोश्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ । डिफेन्डिङ च्याम्पियन चर्च व्वाइज क्लब काठमाडौ र न्यू स्टार क्लब झापाविच हुने भएको छ । खेल दिउँसो २ बजे हुने आयोजक लाखेजात्रा खेल संञ्चालन समिति अध्यक्ष मोती पतङ्वाले जानकारी दिए । फाइनल खेल शनिबार हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्