सडकैपिच्छे कर

काठमाडौं  / आन्तरिक स्रोत वृद्धि गर्ने भन्दै मध्यविन्दु नगरपालिकाले सडक कर लिन सुरु गरेको छ । सबै वडाका पक्की सडकमा नगरपालिकाले ढाट तेस्र्याएर कर असुल्न थालेको हो ।

नगरपालिकाका आलोक चक्रपथका चार ठाउँमा कर असुलीका लागि ढाट राखिएका छन् । साबिकको जिविसको योजनाअन्तर्गत निर्माण भएका सडकमात्रै होइन, पुर्वपश्चिम राजमार्गमै पनि नगरपालिकाले सडक कर लिने गरेको छ ।

साउनबाट असुली सुरु गरेका हौ, नगरपालिका सुचना अधिकृत घनश्याम गाहले भने, नगरपालिकाको आम्दानी बढाउन कर लगाउनुको विकल्प नभएर लिन थालेको हो । भनी आजको कान्तिपुरदैनिकमा यो खबर लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्