मोड्रिकले जिते ‘युइएफए बेस्ट प्लेयर अफ् द इयर’को अवार्ड

काठमाडौं / स्पेनिस रियल मड्रिडका प्ले मेकर लुका मोड्रिकले युईएफए वर्ष खेलाडी (पुरुष फुटबलतर्फ) को अवार्ड जितेका छन् । उनले आफ्नै पूर्वटिममेट क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब लिभरपुलका इजिप्टिएन मोहमद सालाहलाई पछि पार्दै पहिलोपटक यो अवार्ड जितेका हुन् ।

गत वर्ष लुकाले रियल मड्रिडलाई लगातार तेस्रोपटक तथा समग्रमा १३औं पटक च्याम्पियन्स लिगको उपधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । साथै, उनले केही समयअघि सकिएको रसिया विश्वकप फुबटलमा आफ्नो देश क्रोएसियालाई फाइनलसम्म लैजान महत्त्वपूर्ण भूमिका खेलेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्