युरोपको उत्कृष्ट डिफेन्डर रामोस घोषित

मोनाको /  रियल म्याड्रिडका कप्तान सर्जियो रामोस युरोपको उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । रामोसले आफ्नै क्लबबाट खेल्दै आएका राफेल भराने र मार्सेलोको चुनौती पन्छाउँदै उपाधि जितेका हुन् ।


रामोसले रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । रामोसले रक्षात्मक रुपमा मात्र नभएर आक्रमणमा पनि सहयोग पुर्याएका थिए । उनले च्याम्पियन्स लिगको ११ खेल खेल्दै जम्मा १३ गोल मात्र खाए । यसक्रममा २ क्लिनसिट पनि उनको नाम रहयो । उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।

रामोसले मतदानका क्रममा १ सय ८४ अंक जोडेका थिए । दोस्रो स्थान हासिल गरेका भरानेले १ सय ६७ अंक जोडे भने तेस्रो स्थानका मार्सेलोले १ सय ४५ अंक प्राप्त गरे । चौथो स्थानका जिओर्जियो किएलिनीले ४० अंक हासिल गर्दा लिभरपुलका डेजान लोभ्रनले ३७ अंक पाए । बार्सिलोनाका जेरार्ड पिके १० अंकका साथ दशौँ स्थानमा रहे । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्